Home
साहित्यकार स्व. कमला आँसु स्मृति प्रतिष्ठान

-सृजनशीलताकी धनी, निरन्तर कलम चलाइरहनु हुने भारतीय नेपाली साहित्यका एक सशक्त हस्ताक्षर श्रीमती कमला आँसुको गत मार्च 11,2006-को दिन आकस्मिक निधन भएको थियो।स्वर्गीय कमला आँसुको कृतित्वको मूल्याङ्कन् गर्न र उऩको योगदानको कदर भनी गत 30 अप्रेल 2006 अक्षय तृतियाको शुभ दिनमा स्थानीय तादोङ डाँडा गाउँस्थित हिमगिरि प्रकाशन कार्यलयमा एउटा सभा सम्पन्न भएको थियो। सो सभाले साहित्यकार स्व. कमला आँसु स्मृति प्रतिष्ठान को गठन साहित्यकार श्री प्रद्युम्न श्रेष्ठको अध्यक्षतामा गठन गरेको छ तथा प्रतिष्ठानले कमला आँसुका कृतिहरू अध्ययन् एवं मूल्याङकन् गर्न हेतु कार्य गर्ने निर्णय लिएको छ।यहाँलाई यहाँ अवगत गराउन चाहन्छौं कि साहित्यकार स्व. कमला आँसु स्मृति प्रतिष्ठान-को उद्देश्य तल जनाइए अनुसार मूलभूतरूपले रहनेछ.

-साहित्यकार स्व.कमला आँसुको स्मृति ग्रन्थ प्रकाशमा ल्याउने

-साहित्यकार स्व.कमला आँसु-का प्रकाशित तथा अप्रकाशित सम्पूर्ण कृतिहरू प्रकाशित गर्ने।

-भारतीय नेपाली नारीहरूको उत्थान र प्रेरणाका निमित संगोष्ठी एवं कार्यक्रमहरू आयोजन गरिने।

-साहित्यकार स्व. कमला आँसु-का कृतिहरूको अध्ययन, समालोचना एवँ समीक्षा तथा चिन्तन गर्ने।

प्रद्युम्न श्रेष्ठ, अध्यक्ष

साहित्यकार स्व. कमला आँसु स्मृति प्रतिष्ठान

सम्पादकः सुवास दीपक

-विजय बान्तवा, महासचिव

साहित्यकार स्व. कमला आँसु स्मृति प्रतिष्ठान

हिमगिरि प्रकाशन, तादोङ डाँडा गाउँ, हुलाक-तादोङ

गान्तोक,सिक्किम।

साहित्यकार श्रीमती कमला आँसुको परिचय

The Last photo of Kamala Ashu taken 6 days before her death

by Bijay Bantawa at Yangyang, South Sikkim

 

नाम- कमला राई, साहित्यिक नाम- कमला आँसु

माताको नाम-स्व. मणिका राई, पिताको नाम-स्व. श्री चन्द्र विकास राई

पतिको नाम-श्री विजय बान्तवा

जन्म-मई 23,1955, स्वर्गरोहण-मार्च 11, 2006,

प्रथम रचना- मेरो नाशो, (लंकासिनी पत्रिका, मिरिक)1970-1974

प्रकाशित रचनाहरू सन् 1974 देखि यता आजपर्यन्त चियाबारी, टिस्टा सुनकोश, रमिता, सुधा, प्रतिबिम्ब, भानु स्मारिका, ससुराली, स़ञ्जीवनी, अर्चना, निर्माण, स्रष्टा, बैंशालु, बगर, (काठमाडौं), गरिमा (काठमाडौं) मिर्मिरे, (काठमाडौं), हाम्रो ध्वानि (असम), दियालो ( दार्जीलिङ), सैनिक समाचार (नयाँ दिल्ली), सिद्धि, कनका, सुनचरी, आजभोलि, हिमालय दर्पण, उद्गगार, बसुधा, भूमिका, नारी शक्ति. प्रतिष्ठा, सिक्किमश्री, चौरी डाँडा, नागबेली, भानु (काठमाडौं), समय दैनिक, हाम्रो पहाड, साज, नयाँ सिक्किम तथा अन्य धेरै पत्रिकाहरूमा लघु कथा, लेख प्रकाशित। साहित्य अकादमी, नयाँ दिल्लीबाट प्रकाशित ग्रन्थ बीसौं शताब्दीको भारतीय नेपाली नारी लेखन्-मा कथा प्रकाशित। विशेष सुनचरी नेपाली दैनिकमा 1000 भन्दा अधिक लेखहरू अहिलेसम्म प्रकाशित। आकाशवाणी, गान्तोकबाट धेरै कथाहरू प्रसारित। प्रकाशित कृति

सेतो गुलाफ (कथा संग्रह)-1995

ममताको छालभित्र-(कथासंग्रह) 1999

आफ्नो माटोको सुगन्ध (कथा संग्रह)2000

मीमांसा (कथासंग्रह) 2006

हालमा-बाल-विकास शिक्षिका, सिक्किम सत्य साई सेवा संगठन अन्तर्गत-हिमगिरि साप्ताहिक र सुनचरी दैनिकमा नियमित स्तम्भ लेखिका, 1000 जति रचना एवं लेखहरू प्रकाशित।

तालिम एकुप्रेसर चिकित्सा बारे। कम्प्युटरबारे।आजीवन सदस्य-नेपाली साहित्य परिषद्

उपाध्यक्ष-युवा साहित्य प्रतिष्ठान, गान्तोक

संयोजिका-अहिंसा समिति, सिक्किम साईसेवा संगठन, तादोङ, गान्तोक।

पूर्व सेवा- सिक्किम सरकार अधीनस्थ निगममा लगभग 16 वर्षसम्म सेवारत्।

पुरस्कार-सन् 2000-को भानुरत्न पुरस्कार, सद्भावना समिति, सिंगताम, पूर्व सिक्किम

अभिनन्दन-नेपाली साहित्य परिषद्, सिक्किम,मिरिक नारी सेवा समिति, मिरिक, दार्जीलिङ, गरिमा संघ, मिरिक, दार्जीलिङ। मिरिक पत्रकार संघ, दार्जीलिङ, नारी कल्याण समिति, रिनोक।

सम्मान पत्र-हिमाली प्रकाशन, देन्ताम

 

Home