|
Home: Sikkim News .सिक्किम समाचार सिक्किम, दार्जीलिङ,डुअर्स, उत्तरपूर्वी राज्यहरू तथा राष्ट्रीय समाचार, लेख र तस्बीरहरू समेटेर for English Section: Click> Himgiri-English |
राष्ट्र्को
हरित सम्पदालाई महत्व देऔं
हिमाली राज्यलाई पूर्वमा भुटान, नेपाल, चीन र पश्चिम बंगालले घेरेको छ।यसको जम्मा क्षेत्रफल 7,096 वर्गकिलोमिटर छ। सन् 2001 को जनगणना अनुसार यहाँ जम्मा 5,40493 जनसंख्या रहेको छ। सन् 2003देखि सिक्किमको पहिलो नेपाली वेब नेपाली समाचार गान्तोक, सिक्किम, |
होटेल सम्पादकको छनौट
Hotel Tashi Delek- phone-202991 Royal Plaza Hotel - phone-20299138 Rendezvous- phone-226270 and many more ......... |
||
|
सिक्किममा अनेकौं थरीका फूलहरू पाइन्छन्।
*कृष्ण प्रधानः व्यंग्य *ने. साहित्य पुरस्कार *कमला आँसु
तपाईंको बहुमूल्य सुझाउहरू वा फिड्व्याक् पठाएर यो वेबसाइटको उत्तरोत्तर विकासमा सहयोग पुराउनुहोस्। इ-मेलको ठेगानामा पठाउनुहोस्- bbantawa@gmail.com, bijaybantawa@hotmail.com himgirinepali@rediffmail.com हाम्रो सम्पर्क टेलिफोन- 9474649975, 9832322584 ठेगानाः हिमगिरि प्रकाशन, तादोङ डाँडा गाउँ, हुलाक-तादोङ,गान्तोक, सिक्किम।
फोटोः यो मौसमको इन्जुलिया फूल।
© सर्वाधिकार सुरक्षित। *कृष्ण प्रधानः व्यंग्य *ने. साहित्य पुरस्कार *कमला आँसु तपाईंको बहुमूल्य सुझाउहरू वा फिड्व्याक् पठाएर यो वेबसाइटको उत्तरोत्तर विकासमा सहयोग पुराउनुहोस्। इ-मेलको ठेगानामा पठाउनुहोस्- bbantawa@gmail.com, bijaybantawa@hotmail.com himgirinepali@rediffmail.com हाम्रो सम्पर्क टेलिफोन- 9474649975, 9832322584
Nathula opening-pic.
CM foreign tour-pic.
Health : Advice
तपाईंको बहुमूल्य सुझाउहरू वा फिड्व्याक् पठाएर यो वेबसाइटको उत्तरोत्तर विकासमा सहयोग पुराउनुहोस्। इ-मेलको ठेगानामा पठाउनुहोस्- bbantawa@gmail.com, bijaybantawa@hotmail.com himgirinepali@rediffmail.com हाम्रो सम्पर्क टेलिफोन- 9474649975, 9832322584 ठेगानाः हिमगिरि प्रकाशन, तादोङ डाँडा गाउँ, हुलाक-तादोङ,गान्तोक, सिक्किम। राहुकाल सोमबारः बिहान 7.30 बजी -देखि 9 बजीसम्म। मंगलबारः बेलुकी 3 बजी देखि 5.30 बजी सम्म। बुधबारः दिउँसो 12 बजी देखि 1. 30 बजीसम्म। बिहीबारःदिउँसो 1.30 बजी देखि 3.00 बजीसम्म। शुक्रबारः बिहान 10.30 बजीदेखि 12. 00 बजी। शनिबारःबिहान 9 बजीदेखि 10.30 बजीसम्म। आइतबार-बेलुकी 4.30बजी देखि 6.00 बजीसम्म। शुभ मुहुर्त- अफिस खोल्दा, व्यापार गर्दा र घर बनाउँदा यी नक्षत्रहरू मिति वा गते पारेर शुरु गरे फलिफाप हुन्छः नक्षत्रहरूः पुष्या, आद्रा, श्रवण, उफा, उषा, भरणी, शतविशा, विशाखा, रोहिनी। For English राहुकाल सोमबारः बिहान 7.30 बजी -देखि 9 बजीसम्म। मंगलबारः बेलुकी 3 बजी देखि 5.30 बजी सम्म। बुधबारः दिउँसो 12 बजी देखि 1. 30 बजीसम्म। बिहीबारःदिउँसो 1.30 बजी देखि 3.00 बजीसम्म। शुक्रबारः बिहान 10.30 बजीदेखि 12. 00 बजी। शनिबारःबिहान 9 बजीदेखि 10.30 बजीसम्म। आइतबार-बेलुकी 4.30बजी देखि 6.00 बजीसम्म। शुभ मुहुर्त- अफिस खोल्दा, व्यापार गर्दा र घर बनाउँदा यी नक्षत्रहरू मिति वा गते पारेर शुरु गरे फलिफाप हुन्छः नक्षत्रहरूः पुष्या, आद्रा, श्रवण, उफा, उषा, भरणी, शतविशा, विशाखा, रोहिनी। For English यो वेबमा छापिएको कुनै पनि समाचार, लेख तथा तस्बीर सम्पादक, प्रकाशकको पूर्व अनुमति बिना कुनै पनि रुपमा छाप्न वा बेवमा हाल्न निषेध छ। त्यौहारको शुभ अवसरमा समस्त पाठक गणमा हाम्रो हार्दिक शुभेच्छा छ। संसारको जुनै कुनामा रहे पनि नेपालीको भाग्यमा माता भवानी दुर्गाले सदैव वरदान र आशीर्वाद बर्षात् गरिरहुन्।- हिमगिरि परिवार |
सेमी फाइनलमा नेपाल थ्री स्टारको टीएफएसित भिडन्त
गान्तोक 22 अक्टबुरः जब जब मैदानमा गोर्खालीहरू दगुर्नु थाल्छन् तब तब गोर्खा दर्शकहरूको पनि रगत उम्लेर त्यसै त्यसै उकुसमुकुस बनाउँछ, त्यो के ले हो भन्ने कुरा थाहा भए तापनि नभए तापनि यसपालि पनि गान्तोकका दर्शकहरूले खुलेर नेपाल थ्री स्टारको टीमलाई हौसला दिनु गोलीको म्याच हेर्न पाल्जरमा उर्ले। अहिले पाल्जर स्टडियममा खूबै उत्साहको साथ 30 औं अखिल भारतीय राज्यपाल स्वर्ण कपको खेला चलिरहेको छ भने गत 21 अक्टुबरको दिन नेपाल थ्री स्टार र बीएसएफ जलन्धरमाझ क्वाटर फाइनल खेला भएको थियो। यस खेलमा नेपाल थ्री स्टारले बीएसएफ जलन्धरलाई 1 गोलको विरुद्ध 2 गोल गरेर सेमी फाइनलमा प्रवेश पाएको छ। गत वर्ष पनि नेपाल थ्री स्टार फाइनलमा प्रवेश पाएर पराजित हुनु पुगेको थियो। 23 अक्टोबरको दिन पनि दोस्रो सेमी फाइनलमा नेपाल 3 स्टार मैदानमा टीएफएसित भिडन्त भइरहेको छ भने आर्मी एकादश फाइनलमा पुगेको छ। आर्मी एकादशले केरालाको टिटानियमलाई शून्यको विरुद्ध 2 ले परास्त गरी सेमी फाइनलमा पुगेको हो। गान्तोकमा पाँच पर्यटकहरू गाडी दुर्घटनामा निधन, अन्य 7 घायल
गान्तोकः सानो पहाडी राज्य सुन्दर र प्रकृति सम्पदाले परिपूर्ण हुँदा हुँदै पनि पहाडै पहाड अनि सडकहरू पनि घुम्ती र गोलाइहरूले बनिएको हुँदा वा वाहन चालकको अलिकति लापारवाही तथा दुर्गम पहाडको बाटोको कारणले पनि वाहन दुर्घटना हुनुसक्छ।यस्तै एउटा दुर्घटना गत 20 अक्टोबरको दिन घट्यो. कलकत्ताबाट गान्तोक आई बाबा मन्दिर र झाँगु पोखरीको दर्शन गरेर फर्केको यात्रुहरु एउटा म्याक्स ट्याक्सी वाहन एसके 04, 8195 छाँगु तथा गान्तोक बीचको आठ माइलनेर आइपुग्दा घुम्दा काट्नु नसकी सडकदेखि 700 फिट झरेको थियो, सो वाहनमा यात्रा गर्ने पर्यटकहरू राफेल धर, 70, एसएन विश्वास,70, पुष्प विश्वास, 58, आशिष धर, 40 र देवोर्णा धर आशीष धरकी छोरीको मृत्यु भएको छ।अन्य सात जनालाई अस्पतालमा भर्ना गरिएको छ। सिक्किम अब हवाई मार्गले जोडिने, क्याबिनेट समितिको मञ्जुरी
नयाँ दिल्ली, 17 अक्टोबरः सिक्किमले एउटै भूमी मार्गमा भर पर्नुपर्ने र राजमार्ग पैह्रो तथा बन्दको कारणले बन्द भइरहने हुनाले मुख्यमन्त्री पवन चामलिङद्वारा नेतृतत्व गरेको सरकारले केन्द्रमा हवाई पट्टीको लगातार माग राख्दै आएपछि गत 16 अक्टोबरको दिन आर्थिक मामिलाका केन्द्रीय क्याबिनेट समितिले प्रस्तावित पाक्योङमा ग्रीनफिल्ड वा हरित क्षेत्र हवाईपट्टी निर्माण गर्ने प्रस्तावलाई अन्ततः मञ्जुरी दिएको छ। उल्लेखनीय़ छ, यसबारे राज्य सरकारले बारबार केन्द्रमा माग राख्दै आएपछि सैद्धान्तिक रुपमा यो कार्यलाई स्वीकृति दिएको थियो भने राज्य सरकारले पाक्योङमा भूमी अधिग्रहण गर्ने कार्य पनि सम्पन्न गरिसकेका थिए तथा मुख्य मन्त्री चामलिङले सितम्बर अक्टोबर महिनामा नै यसको निर्माण कार्य चालु हुने कुरो जनाएका थिए। मुख्यमन्त्रीको हालेको दिल्लीको भ्रमणमा पनि यस कुरा साथै सिक्किमका थाँतीमा रहेको मागहरू सम्बन्धि कुरा केन्द्र समक्ष राखेका थिए। गान्तोकदेखि 35 किलोमिटर दूर पाक्योङमा स्थित यो हवाई अड्डाको निर्माण कार्यले गति पक्रेपछि पाक्योङ र गान्तोकलाई जोड्ने मार्गमा पनि सुधार आउने र स्थानीयहरूलाई पनि रोजगारका अवसर प्राप्त हुने मानिसहरूले अपेक्षा राखेका छन्। 1700 मिटर लामो रन्वे वा हवाईयानको मार्गमा राम्रो मौसम भएको बेला एटीआर 72 एयर क्राफ्ट चल्ने छ जसमा आउने 50 जना र जाने 50 जना गरी जम्मा 100 यात्रुहरूलाई यो हवाईपट्टीले सेवा दिनु सक्दछ।
मल्ली चेकपोस्टमा आक्रमण गर्ने 5 आरोपोहरू पक्राउ
गान्तोकः दशैँको अघि सिक्किमको मल्ली चेकपोस्टमा एक हुल समाजविरोधीहरू बंगाल मल्लीबाट आएर रड, ढुंगाले मल्ली चेक पोस्टमा आक्रमण गरेका थिए।आक्रमणपछि ती मानिसहरू भागेका थिए। ती आरोपीहरूलाई पुलिसले आधुनिक मोबाइलको तकनीकीद्वारा जाँच गर्दै गएपछि पाँच आरोपीहरू गोपाल तामाङ, विक्रम छेत्री, माने राई र निर्मल तामाङलाई दिल्लीबाट पक्राउ गरिएको छ।उनीहरूलाई दण्ड संहिताको विभिन्न धारा अन्तर्गत माम्ला दर्ता गरिएको छ।
वाहन दुर्घटनामा सिक्किमका वनमन्त्री सुवेदी घायल, अस्पतालमा भर्ना
गान्तोक, 15 अक्टोबरः वन मन्त्री श्री शेरबहादुर सुवेदीको स्वास्थ्यमा अहिले सुधार आइरहेको छ। उनी अहिले दिल्लीको एक नर्सिङ होममा उपचाराधीन छन्। उल्लेखनीय छ, सिक्किम सरकारका एक वरिष्ठ मन्त्री श्री शेरबहादुर सुवेदीको गत 7 अक्टोबरको दिउँसो पश्चिम सिक्किमको लेग्सेपमा आफूले चलाएको बाहन दुर्घटनाग्रस्त हुँदा टाउकोमा गम्भीररुपले चोट लागेकोले सिकिस्त अवस्थामा सिलगढीको एक नर्सिङ होममा उनलाई भर्ना गरिएको थियो। उनीसितै उनका पुत्र प्रशान्त सुवेदी र पीएसओ देवी गुरुङ पनि घाइते भएका छन्। दशैंको छेकमा मन्त्रीको चालक छुट्टीमा रहेकोले मन्त्री आफैले वाहन चलाएको जानकारी पाइएको छ तथा एउटा गाडीलाई गोलाइमा पास दिने हुँदा सडकदेखि 150 फिट तल गाडी झरेको थियो।
रम्फू चानाटारमा 19 वर्षीय युवा सागर शर्माद्वारा आत्महत्या गान्तोक, 17 अक्टोबरः सिक्किममा आत्महत्या गर्ने क्रम रोकिएको छैन।पूर्व सिक्किमको रम्फू चानाटार नामक ठाउँमा एक 19 वर्षीय युवक सागर शर्माले घाँटीमा पासो लगाई आत्महत्या गरेको छ। सो युवा प्रकाश देवकोटा नामक व्यक्तिको बाहन चलाउँथे। बिहान उसको कोठामा गएर देवकोटाकी श्रीमतीले उसलाई उठाउन गएकी कुरो पुलिसले जनाएको छ। धेरै वेरसम्म पनि केही जवाफ नआउँदा श्रीमती देवकोटाले खिर्कीको भेन्टिलेसनबाट चिहाउँदा सो व्यक्ति झुण्डिरहेको देखी। पछि पुलिसले खबर पाएपछि सो लाशको तलाशी लिए। आत्महत्याको कारण पत्तो लागेको छैन।सो य़ुवक एउटा कोठामा एक्ले सुत्ने गरेको पनि बताइन्छ। सिक्किममा भव्य दशैं सम्पन्न, दार्जीलिङ भेशभूषाले सजिसजाउ
गान्तोक, 15 अक्टोबरःयसपालिको दशैं सिक्किम, दार्जीलिङमा भारतीय नेपालीहरूल खूबै उत्साह र भव्यताको साथ मनाए। सिक्किम, दार्जीलिङमा नेपाली भेशभूषा र परम्परा अनि सांस्कृतिक वाजागाजाको साथ शोभायात्रा र विभिन्न सांस्कृतिक कार्यक्रमको साथ दशैं प्रारम्भ भएको थियो भने सिक्किमको शहरभन्दा बेसी गाउँहरूमा मानिसहरू दशैंको दिन आफन्तहरूसित भेटघाट र आशीर्वाद ग्रहन र टीका ग्रहण गर्ने कार्यक्रममा बिताएका थिए।दार्जीलिङ शहर नेपाली वा गोर्खा भेशभूषाले रमाइलो बनेको थियो, जसमा 90 प्रतिशतभन्दा अधिकले दौरासुरुवाल, चौबन्दी चोली लगाएका नरनारीहरू शहरमा देखिए भने आफ्नो भेशभूषा नलाएका केही व्यक्तिहरूलाई हाँसको बथानमा बगुला सरह देखिएको मानिसहरूले चर्चा गरे। टिस्टा भेल्ली, पोखरियाबोङ, सुकिया, मिरिक, दुधिया, सुकुना र सिलगढी समेतमा नेपाली भेशभूषा लगाएका केही प्रतिशतमा मानिसहरू देखियो भने दार्जीलिङ शहरमा गोर्खा जनमुक्ति मोर्चाको आग्रहलाई प्रायः शतप्रतिशत जनताले हृदयबाटै मानिलिएको पाइयो।सिक्किममा पनि केही प्रतिशत मानिसहरू आफ्नो भेशभूषामा देखियो भने यात्रुहरू बेसी भएको कारणले गाडीहरूको कमी र भाडामा मनपरी पनि देखियो। दशैंको छेकमा पूर्व सिक्किममा गाडी दुर्घटना, 8 जनाको मृत्यु, 10 जना घायल तथा अस्पतालमा भर्ना गान्तोक,अक्टोबर 4- पूर्व सिक्किमको रेनोकबाट रोडाथाङ हुँदै रम्फू भएर सिलगडी जाने एउटा ट्याक्सी गाडी संख्या 04-3555 रम्फूदेखि केही अघिल्तिर कुमरेकमा दुर्घटना हुँदा 6 जना .यात्रुहरूको घटना स्थलमा नै मृत्यु भयो भने दुई जनालाई अस्पतालमा पुराउदा पुराउँदै मृत्यु भयो।यसमा सवारी हुने अन्य 10 यात्रीहरूलाई पनि गम्भीर चोट लागेको छ। धेरै जसो यात्रीहरू सेनाका जवानहरू थिए, जसले दशैंको छुट्टी लिएर नयाँ जलपाइगुडी भएर आ-आफ्ना प्रदेशको घरमा गइरहेको थियो।दुर्घटनाको खास कारण थाहा लागेको छैन तर प्रारम्भिक जाँच अनुसार यसमा क्षमताभन्दा बेसी गाडीमा यात्रुहरू चढेको हुनाले सो घटना घटेको हुनु सक्ने जनाइएको छ।सो दुर्घटनामा चालक अनिल कुमार राई 23, जो दक्षिण सिक्किम, नाम्चीका वासिन्दा हुन्, घटना स्थलमा नै मृत्यु भएको थियो.। वाहन सडकदेखि भीरबाट पल्टेर प्रायः दुई सय फिट तल रंगीत खोलामा झरेको थियो, जसमा धेरैजसो यात्रुहरूको शरीर क्षत विक्षत भयो। दुर्घटनामा मृत्यु हुने अन्य यात्रुहरू बी. बी. सत्यनारायण र बी.बी. राजराव आन्द्राप्रदेशका वासिन्दा, ब्रिजमोहन नाथाङ, अरुणाचल प्रदेश, बी.बी. करमचन्द उत्तराञ्चल, मरिन्द्रचन्द्र देव त्रिपुरा निवासी हुन्। सो दुर्घटनामा परी घाइते हुनेहरूमा रिनाकको सो वाहनका मालिक विजय छेत्री, मिरिकका निवासीहरूमा एक महिला मुन्ना प्रधान, 24 र सुरेश छेत्री, 18 र अमित प्रधान हुन्। यसरी नै अन्य घाइते हुनेहरूमा एसएशबीका संजीव, उत्तराञ्चलका कैलाश चन्द, सजुल प्रधान, देवजीत गगोई, असम, सुबोध, कलकत्ता छन्। उनीहरूलाई सिलगढी र गान्तोक अस्पतालमा भर्ना गरिएको छ। घटना घटेको 24 घण्टापछि गान्तोकको एसटीएनएम अस्पतालमा उनहरूको लाश पोस्टमार्टम गरेपछि आफन्तहरूलाई सुम्पिने काम भयो भने एसएसबी र अन्य मानिसहरूको निक्कै जमात बढेको थियो। सिक्किम, दार्जीलिङमा दशैंको रमरमाहट, दुर्गाको नौरुपको पूजन शुरु गान्तोक, सेप्टेम्बर 30- हिन्दू धर्म अनुसार नेपालीहरूले दशैं आउनु अघि पिता पूर्खाको श्राद्ध र दुर्गा भवानी देवीलाई नौरुपमा पूजा गर्ने चलन छ, जसमा पहिलो दिन दुर्गालाई शैलपुत्रीको रुपमा र त्यसैगरी क्रमशः ब्रह्मचारिणी, चन्द्रघटा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी, सिद्धिदात्री प्रत्येक दिनमा अलग अलगरुपमा पूजा गरिन्छ,, जसद्वारा मानिसलाई बल, शक्ति, वैभव, सुरक्षा आदि प्राप्त हुनेछ भन्ने आस्था रहेको छ। सिक्किम, दार्जीलिङ भरि नै यसपालि विशेष आफ्नो जातीय पोशाकको साथमा पूजा गरिने तथा दशैं मानिने रमरमाहट लागेको छ। 6 अक्टुबरदेखि सबै सरकारी कार्यालय, पाठशालाहरू बन्द रहेको छ अनि अक्टोबर 13 देखि मात्र खुल्ला हुनेछ। दार्जीलिङमा नेपाली वा गोर्खा जातिको पोशाक किन्ने गोर्खा जनमुक्ति मोर्चाको आह्वानपछि अहिले होड देखिए तापनि गान्तोकमा भने त्यति उत्साह छैन। गान्तोकको सुन वा गहनाका दोकानहरू र अन्य पसलहरूमा मानिसहरू भीड जमिरहेको छ भने पर्यटकहरू पनि परिभ्रमणमा आइरहेछन्। धेरैजसो मानिसहरू पोको वा सिसार बोकेर गाउँतिर जानुमा मस्त छन् भने गान्तोकको धेरै मन्दिरहरूमा श्रद्धापूर्वक दुर्गा पूजा पनि पालन गरिन्देछ।सप्तमिका विशाल संख्यामा भक्तहरूला शोभायात्रामा भाग लिइरहेछन्। राष्ट्रीय स्वेच्छिक रक्तदान दिवस पालन, वक्ताहरूद्वारा रक्तदानबारे प्रकाश गान्तोक,अक्टोबर 1- सिक्किम प्रेस कल्बको सभाकक्षमा राष्ट्रीय स्वेच्छिक रक्तदान दिवस एसोसिएसन फर इन्ट्रिग्रेटेड सोसियल डेभ्लोप्मेन्ट एण्ड कन्जरभेसन अफ हरिटेज अर्थात् समन्वित सामाजिक विकास तथा सांस्कृतिक विरासत संरक्षण संगठनले पालन गरेको थियो जसमा डाक्टर, पत्रकार एवं महाविद्यालयका विद्यार्थीहरूले अन्तर्प्रतिक्रियात्मक वार्तालाप गरे। सो अऴसरमा रक्तदान नै जीवन दान हो भन्ने प्रसंगमा आफ्नो वक्तव्य पेस गर्दै सिक्किम राज्य एड्स् नियन्त्रण सोसाइटीको योजना निर्देशक डा. नाम्ग्याल टी. सेर्पाले स्वस्थ र शुद्ध रक्त कसरी संरक्षण गर्ने तथा वर्तमान परिप्रेक्ष्यमा कसरी एड्स् र एचआइभीसित लड्ने सो बारे जानकारी पेश गरेर. त्यसरी नै रक्त ब्याङ्क एसटीएनएमका डा. सीएम शर्माले संकटकालमा दान गर्ने भन्दा स्वेच्छाले जाँच गरेको रक्तदान ठूलो दान हो भने तथा आजका युवाहरू सबै रक्तदानको लागि आउनुपर्ने, रक्तदानले कमजोरी नहुने कुरो जनाए। पत्रकारहरूले असल जानकारी र सही पत्रकारिता गरेर जनचेतना ल्याउनु पर्ने कुरोमा प्रेस क्लब अफ सिक्किमका अध्यक्ष सी |