Home: Sikkim News

.सिक्किम समाचार

सिक्किम, दार्जीलिङ,डुअर्स, उत्तरपूर्वी राज्यहरू तथा राष्ट्रीय समाचार, लेख र तस्बीरहरू समेटेर

for English Section:

Click> Himgiri-English

Sikkim news Himgiri daily  in Nepali and English launched since 2003 the first Nepali Website of Sikkim -the publication was started since February 15, 1985 from Gangtok, the only news website that believes in flow of information with photo

 

  राष्ट्र्को हरित  सम्पदालाई महत्व देऔं        

 हिमाली राज्यलाई पूर्वमा भुटान, नेपाल, चीन र

पश्चिम बंगालले घेरेको छ।यसको जम्मा क्षेत्रफल 7,096 वर्गकिलोमिटर छ। सन् 2001 को जनगणना अनुसार यहाँ

जम्मा 5,40493 जनसंख्या रहेको छ।

सन् 2003देखि सिक्किमको पहिलो नेपाली वेब

   नेपाली समाचार                      गान्तोक, सिक्किम,

होटेल

  सम्पादकको छनौट

  

Hotel Tashi Delek-  phone-202991

         Royal Plaza Hotel - phone-20299138

 Rendezvous- phone-226270

and many

more .........

सिक्किममा अनेकौं थरीका फूलहरू पाइन्छन्।

 

* नेपाली समाचार शीर्षक 

*नेपाली समाचार     

*नेपाली कविताहरु     

*बाजे-नातिः व्यंग्य 

*कृष्ण प्रधानः व्यंग्य   

*ने. साहित्य पुरस्कार  

*कमला आँसु    

*कमलाका कृतिहरू   

*सुझाउ        

 

तपाईंको बहुमूल्य सुझाउहरू वा फिड्व्याक् पठाएर यो वेबसाइटको उत्तरोत्तर विकासमा सहयोग पुराउनुहोस्। इ-मेलको ठेगानामा पठाउनुहोस्- bbantawa@gmail.com, bijaybantawa@hotmail.com 

himgirinepali@rediffmail.com

 हाम्रो सम्पर्क टेलिफोन-  9474649975,    9832322584          ठेगानाः 

 हिमगिरि प्रकाशन,

तादोङ डाँडा गाउँ,

हुलाक-तादोङ,गान्तोक, सिक्किम।

फोटोः यो मौसमको इन्जुलिया फूल।

 

  

नयाँ  तस्बीरहरू

यहाँ क्लिक गर्नोस्

 -फोटोहरू-1-फोटोहरू-2

 अन्तर्राष्ट्रीय पुष्प प्रदर्शनीको फोटोहरू

Flower show-1 

Flower show-2

Flower show-3

Flower show-4

Himgiri

   विज्ञापन

 

© सर्वाधिकार सुरक्षित।

फूलपातीको शोभायात्रा 2008 यहाँ क्लिक गर्नोस्

  photos-Durga-08

नेपालीहरूको महान चाड दशैंको शुभ अवसरमा समस्त पाठक गणमा हाम्रो हार्दिक शुभेच्छा छ। संसारको जुनै कुनामा रहे पनि नेपालीको भाग्यमा माता भवानी दुर्गाले सदैव वरदान र आशीर्वाद बर्षात् गरिरहुन्।- हिमगिरि परिवार

दुर्गा-पूजा सप्तमीको दिन सिक्किम, दार्जीलिङ, डुवर्समा विशाल शोभायात्रा

 फूलपातीको दिन आफ्नो पारम्पारिक भेषभूशामा सजिए नेपाली समूह

गान्तोक,अक्टोबर 6- सिक्किम, दार्जीलिङ, डुवर्स तथा नेपाली भाषी बाहुल्य स्थानहरूमा भारतीय नेपाली वा गोर्खाहरूले दुर्गा पूजाको सातौं दिन फुलपातीको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम  शोभायात्राको आय़ोजना गरे। मानिसहरूले माता दूर्गाको प्रतिमालाई फूल, प्रसाद, माला आदि झोलीमा हालेर शहरमा परिक्रमा गरे तथा पञ्चबाजा आदि बजाउँदै माता दुर्गाको भजन गाए तथा हातमा रातो झण्डा बोकेर जय माता दी-की भन्ने नारा लगाउँदै शहर, गाउँ परिक्रमा गरे।

     सिक्किमको राजधानी गान्तोकमा पनि अनेक ठाउँहरूमा दुर्गा माताका भव्य मूर्तिहरू सजाएऱ पूजा गरिएको थियो। नेपाली भेषभूशा, चौबन्धी चोली गुन्यु, नेपाली टोपी, दौरा लगाएऱ मानिसहरूले खूबै उत्साहको साथमा शोभा यात्राको आयोजना गरेका थिए। महाकालरात्रीको रुपमा यस दिन माता दुर्गाको पूजा गरिन्छ अनि झोलीमा मातालाई बोकेर शहर घुमाए पछि मन्दिरमा आएर सबै भक्तहरूलाई माताले आशीर्वाद दिन्छन् भन्ने विश्वास छ। दशमी तथा 9 अक्टुबरको दिन नेपाली परम्परा अनुसार मातापिता तथा घरका वरिष्ठ सदस्यहरूले आफूभन्दा मन्तिरका सन्तानहरूलाई निधारमा चामलको अक्षेता टाँसेर आशीर्वाद दिने गर्छन्।( फोटो मन्तिर दिइएको छ)

दशैंको छेकमा पूर्व सिक्किममा गाडी दुर्घटना, 8 जनाको मृत्यु, 10 जना  घायल   तथा अस्पतालमा भर्ना

गान्तोक,अक्टोबर 4- पूर्व सिक्किमको रेनोकबाट रोडाथाङ हुँदै रम्फू भएर सिलगडी जाने एउटा ट्याक्सी गाडी संख्या 04-3555  रम्फूदेखि केही अघिल्तिर कुमरेकमा दुर्घटना हुँदा 6 जना .यात्रुहरूको घटना स्थलमा नै मृत्यु भयो  भने दुई जनालाई अस्पतालमा पुराउदा पुराउँदै मृत्यु भयो।यसमा सवारी हुने अन्य 10 यात्रीहरूलाई पनि गम्भीर चोट लागेको छ। धेरै जसो यात्रीहरू सेनाका जवानहरू थिए, जसले दशैंको छुट्टी लिएर नयाँ जलपाइगुडी भएर आ-आफ्ना प्रदेशको घरमा गइरहेको थियो।दुर्घटनाको खास कारण थाहा लागेको छैन तर प्रारम्भिक जाँच अनुसार यसमा क्षमताभन्दा बेसी गाडीमा यात्रुहरू चढेको हुनाले सो घटना घटेको हुनु सक्ने जनाइएको छ।सो दुर्घटनामा चालक अनिल कुमार राई 23, जो दक्षिण सिक्किम, नाम्चीका वासिन्दा हुन्, घटना स्थलमा नै मृत्यु भएको थियो.। वाहन सडकदेखि भीरबाट पल्टेर प्रायः दुई सय फिट तल रंगीत खोलामा झरेको थियो, जसमा धेरैजसो यात्रुहरूको शरीर क्षत विक्षत भयो। दुर्घटनामा मृत्यु हुने अन्य यात्रुहरू बी. बी. सत्यनारायण र बी.बी. राजराव आन्द्राप्रदेशका वासिन्दा, ब्रिजमोहन नाथाङ, अरुणाचल प्रदेश, बी.बी. करमचन्द  उत्तराञ्चल, मरिन्द्रचन्द्र देव त्रिपुरा निवासी हुन्।

      सो दुर्घटनामा परी घाइते हुनेहरूमा रिनाकको सो वाहनका मालिक विजय छेत्री, मिरिकका निवासीहरूमा  एक महिला मुन्ना प्रधान, 24 र सुरेश छेत्री, 18  र अमित प्रधान हुन्। यसरी नै अन्य घाइते हुनेहरूमा एसएशबीका संजीव, उत्तराञ्चलका कैलाश चन्द, सजुल प्रधान, देवजीत गगोई, असम, सुबोध, कलकत्ता छन्। उनीहरूलाई सिलगढी र गान्तोक अस्पतालमा भर्ना गरिएको छ। घटना घटेको 24 घण्टापछि गान्तोकको एसटीएनएम अस्पतालमा उनहरूको लाश पोस्टमार्टम गरेपछि आफन्तहरूलाई सुम्पिने काम भयो भने एसएसबी र अन्य मानिसहरूको निक्कै जमात बढेको थियो।

ःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःः

 

 

फोटोः 1.  6 अक्टुबर 2008 को दिन राजधानी गान्तोक स्थित तादोङ दुर्गा मन्दिर समितिले एक विशाल शोभायात्राको आयोजना गरेको थियो। पहिलो तस्बीरमा आफ्नो परम्परागत् नेपाली भेषभूशामा कन्याहरू कलश बोकेर शोभायात्रा, दोस्रो माताको मूर्तिलाई डोलीमा बोकेर शहर परिक्रमा गरिन्दैछ, तेस्रो विधायक रामुदामु तथा समितिका अध्यक्ष एवं सचिव शोभा यात्रामा चौथो तस्वीरमा भक्तहरू झण्डा बोकेर शोभायात्रामा भाग लिइरहेछन्।  अझ अन्य फोटोको लागि  photos-Durga-08

           क्लिक समाचार     Recent photos  > Gangtok-around  रहल समाचार यहाँ क्लिक गरेर पढ्नोस्-नेपाली समाचार

 

देश विदेशमा बसोबासो गर्ने हाम्रा सबै नेपाली तथा गोर्खा पाठक र अन्य पाठकहरूप्रति हिमिगिरि नेपाली डट कम तथा स्नोलाइन अंग्रेजी पत्रिकाको मार्फत शुभेच्छा एवं शुभकामना छ।यो चाडले सबै परिवारमा शान्ति र खुशीयाली ल्याओस् भनी माता भवानी दुर्गासित प्रार्थना छ।- हिमगिरि प्रकाशन् परिवार

 

         नेपाली समाचार   

 

           कमला आँसु             

 

         कमलाका कृतिहरू  

 

                सुझाउ                      राहुकाल             सोमबारः बिहान 7.30 बजी -देखि 9 बजीसम्म।  मंगलबारः बेलुकी 3 बजी देखि 5.30 बजी सम्म।

बुधबारः दिउँसो 12 बजी देखि 1. 30 बजीसम्म।     बिहीबारःदिउँसो 1.30 बजी देखि 3.00 बजीसम्म।    

शुक्रबारः बिहान 10.30 बजीदेखि 12. 00 बजी। शनिबारःबिहान 9 बजीदेखि 10.30 बजीसम्म।        आइतबार-बेलुकी 4.30बजी देखि 6.00  बजीसम्म।        शुभ मुहुर्त-      अफिस खोल्दा, व्यापार गर्दा र घर बनाउँदा यी नक्षत्रहरू मिति वा गते पारेर शुरु गरे फलिफाप हुन्छः  

नक्षत्रहरूः

पुष्या, आद्रा, श्रवण, उफा, उषा, भरणी,  शतविशा, विशाखा, रोहिनी।

For English

Himgiri-English

यो वेबमा छापिएको कुनै पनि समाचार, लेख तथा तस्बीर सम्पादक, प्रकाशकको पूर्व अनुमति बिना कुनै पनि रुपमा छाप्न वा बेवमा हाल्न निषेध छ।

Himgiri-   विज्ञापन

गाँधी जयन्ती-2008

 Recent photos,

Gangtok-around

for English news

and other features

Click here

Himgiri-English

© सर्वाधिकार सुरक्षित।

नेपालीहरूको महान चाड दशैंको शुभ अवसरमा समस्त पाठक गणमा हाम्रो हार्दिक शुभेच्छा छ। संसारको जुनै कुनामा रहे पनि नेपालीको भाग्यमा माता भवानी दुर्गाले सदैव वरदान र आशीर्वाद बर्षात् गरिरहुन्.

- हिमगिरि परिवार